२१ माघ २०७५, काठमाडौं
नेपाली राष्ट्रिय टिमका युवा बलर सन्दीप लामिछाने अस्ट्रेलियाको बिग बास लिग (बिबीएल) यूएईबाटै अष्ट्रेलिया जाने भएका छन् ।
युएईविरुद्धको एकदिवसीय सिरिज र टी–२० मा सहभागितापछि उनी बिबीएल खेल्न जाने भएका हुन् । सन्दीप बिबीएलमा मेलवर्न स्टार्टमा अनुबन्धित छन् ।
दुबईमा भएको तीन एकदिवसीय र तीन टी–२० खेल गरि सन्दीपले ६ वटै खेल खेलेका थिए । उनले ६ खेलमा १२ विकेट लिएका थिए ।
त्यसअघि बिग बासमा मेलबर्नबाट खेलेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए । त्यसक्रममा उनले विपक्षी टिमका चार कप्तानलाई आउट गर्दै सनसनी मच्चाएका थिए ।
बिग बास लिगको दोस्रो सत्रको खेलपछि सन्दीपले पाकिस्तान सुपर लिग र इन्डियन प्रिमियर लिग खेल्नेछन् ।