२१ माघ २०७५, काठमाडौँ
दिनहुँ हाम्रो समाजमा पत्याउनै कठिन हुने घटनाहरु घटिरहेका हुन्छन् । भर्खरै मात्र पनि सामाजिक सञ्जालमा पत्याउनै नसकिने कुरा भाइरल भैरहेको छ । इङ्ग्याण्डको हल सहरम बसोबास गर्दै आएकी क्लेयर ग्रेनभेले जो पेशाले एक नर्स हुन् । ४५ बर्षीया क्लेयरकी १ बर्षकी छोरी पनि छिन् ।
उनकी छोरीले अचानक उनको बायाँ स्तनबाट दुध खान छोडिन् । सुरुमा क्लेयरले यसलाई सामान्य रुपमा हेरिन् । तर उनकी छोरीले त्यसपछि बायाँ स्तनबाट दुध खानै मानिनन् । त्यति सानी बच्चीले दुध खान छोडेपछि क्लेयर डाक्टर कहाँ गइन् । डाक्टरलाई देखाएपछि उनलाई थाहा भयो की उनको बायाँ स्तनमा क्यान्सर भएको रहेछ ।
क्लेयर यो कुरा सुनेर छक्क परिन् । उनले आफ्नी छोरीमा पक्कै पनि कुनै अदृश्य शक्ति भएका कारण उनले आफ्नो ज्यान बचाएको बताइन् । क्लेयरको बायाँ स्तनमा भएको क्यान्सर पहिलो स्टेजमा भएकाले उनको सफलसँग उपचार भयो र अहिले उनी स्वस्थ छिन् । उनले यसको लागि आफ्नी छोरीलाई धन्यवाद दिइन् ।