ब्रेकअप पछि आलियाको बारेमा यस्तो भन्छन् आलियाका पूर्वप्रेमी सिद्धार्थ



२१ माघ २०७५, काठमाडौँ

बलिउड चर्चित नायिका आलिया भट्ट कुनै समयमा बलिउडका चर्चित नायक सिद्धार्थ मल्होत्रासँग प्रेम सम्बन्धमा थिइन् । यी दुवै कलाकारले एउटै चलचित्रबाट बलिउडमा डेब्यु गरेका थिए । त्यहि समयदेखि यी दुईको प्रेम सुरु भएको थियो । तर रिलेशनमा बसेको १ बर्ष नबित्दै यी दुईले अलग बाटो रोज्ने निर्णय  लिए ।

अहिले आलिया रणवीर कपुरसँग प्रेममा छिन् भने सिद्धार्थले पनि कसैलाई डेट गरिरहेको खबर आएको छ । यस्तैमा केहिदिन अघि सिद्धार्थ कफी विथ करण मा पुगेका थिए । त्यहाँ करणले सिद्धार्थलाई आलियासँगको प्रेमसम्बन्धबारे प्रश्न सोधे । त्यसमा सिद्धार्थले ब्रेकअप भएदेखि आलियासँग भेटघाट नभएको बताए ।

उनले आलियासँगको प्रेमलाई आफूले सामान्य रुपमा लिएको बताए । उनले प्रेमसम्बन्ध भन्दा पहिले पनि हामीहरु एकअर्काको साथी रहेको बताए । सिद्धार्थले आफ्नो पहिलो चलचित्र नै आलियासँग गरेकाले प्रेमीभन्दा पहिले आलिया आफ्नो साथी भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्