जापानका पूर्व–बक्सर ‘ईतो’लाई नकाउट राउण्डमै बाहिर्याउँदै नेपालका मनोहर विजयी



२२ माघ २०७५, काठमाडौं

नेपाली राष्ट्रिय बक्सिङ च्याम्पियन मनोहर बस्नेत जापानको योकोहोमामा सम्पन्न मुराकामी बक्सिङ च्याम्पियनशिपमा बिजय भएका छन् ।

जापानका पूर्व राष्ट्रिय च्याम्पियन इतोसंग भएको भिडन्तमा पहिलो राउन्डमै नकाउट गरेर म्याक्स बिजय भएका हुन् । नेपाली बक्सरहरुले जापानमा व्यावसायिक बक्सिङमा भिडन्त गरेको यो सम्भवत अहिलेसम्मकै ठूलो भिडन्त हो ।

जापानमा नेपाली झण्डा फहराउने लक्ष्य सहित आएका बक्सर म्याक्सले अन्ततः आफ्नो लक्ष्य पूरा गरेर देशकै नाम उच्च राखेका छन् ।
आईतबार दिउँसो २ बजे योकोहामा सिटीको होटेल मेल पार्क स्थित स्टेडियममा भिडन्त भएको थियो । भिडन्त हेर्न गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टसहित थुप्रै नेपालीहरु स्टेडियममा पुगेका थिए ।

नेपालमा १४ पटकसम्म राष्ट्रिय बक्सिङ च्याम्पियन बनेका बक्सर म्याक्सले ३ पटक सम्म बक्सिङ वेष्ट प्लेयर अवार्ड समेत जितेका हात पारेका थिए ।

भारतीय राष्ट्रिय बक्सिङ च्याम्पियन असिदिप बुलरलाई ५ महिना अघि हराएर सनसनी मच्चाएका म्याक्सले त्यसलाई निरन्तरता दिंदै जापानी बक्सरमाथि जित निकालेर नेपाली झण्डा फहराउन सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्