२२ माघ २०७५, काठमाडौँ
लामो समयदेखि आफ्ना १ खुट्टा र २ हात विहिन भएर दुखीत जीवन विताइरहेका कृष्ण ओलीको जीवनमा अन्तत : खुसियाली आएको छ । कमजोर आर्थिक स्थितिका कारण आफ्नो खुट्टाको उपचार गराउन नसकेका कृष्ण ओलीलाई सम्पूर्ण नेपालीले सहयोग गरेर उनको कृतिम खुट्टा जोडिदिएका छन् ।
लामो समयदेखि कृष्ण ओली र उनकी श्रीमती रुपा ओलीले सम्पूर्ण नेपालीमा सहयोगको लागि अपिल गरेका थिए । नभन्दै सबैले आफूले सकेजति सहयोग कृष्णको लागि गरिदिएका छन् । अहिले कृष्ण आफ्नो खुट्टामा टेकेर हिड्न सक्ने भएका छन् ।
धेरै समयपछि आफ्नो श्रीमान्को खुट्टा जोडिएको देखेर रुपा निकै नै खुसी देखिएकी थिइन् । उनले भावुक हुँदै आफूहरुलाई सहयोग गर्ने नेपाली जनतालाई धन्यवाद पनि दिइन् । चिकित्सकले अहिले नै कृष्णले हिड्न नहुने बताएका छन् । उनले भर्खरै मात्र उनको उपचार भएकाले केहिसमय उनले आफ्नो खुट्टालाई आराम दिनुपर्ने बताएका छन् ।
कृष्ण ओली आफ्नो खुट्टा जोडिदा निकै खुसी देखिएका छन् । उनले अब आफू पहिले जसरी नै काम गर्न सक्ने बताए । धेरै समयपछि रुपा र कृष्णको जीवनमा वास्तविक खुसी आएको छ । रुपा र कृष्णले संसारमा सबैभन्दा खुसी आफूहरु भएको बताए ।