२२ माघ २०७५, काठमाडौँ
आर्यन सिग्देल नेपालका चर्चित नायक हुन् । कुनै समयमा उनी नेपाली चलचित्र क्षेत्रका सबैभन्दा व्यस्त र डिमाण्डेड नायक पनि थिए । आर्यन सिग्देलले करिब ४ बर्ष अगाडी आफ्नी प्रेमिका सपना भण्डारीसँग विवाह गरेका थिए । उनले करिब ४ बर्षको प्रेमसम्बन्ध पछि सपनासँग विवाह गरेका थिए ।
आर्यनका फ्यानहरुको लागि एउटा खुसीको खबर आएको छ । उनी बाबु बन्दैछन् । यो आर्यनको लागि मात्र नभएर उनका फ्यानको लागि पनि एकदमै खुसीको कुरा हो । जानकारी पाएअनुसार सपनाले फागुनको अन्तिमसम्ममा आफ्नो पहिलो सन्तानलाई जन्म दिनेछिन् ।
यतिबेला नायक आर्यन सिग्देल चलचित्र हजार जुनी सम्म का लागि सिक्किममा छन् । त्यसैले अहिले उनले सपनालाई समय दिन सकेका छैन । तर उनी नेपाल फर्किएपछि आफ्नो पुरा समय सपनालाई दिनेछन् । हाम्रो तर्फबाट पनि आर्यनलाई शुभकामना ।