२२ माघ २०७५, काठमाडौँ
अभिषेक बच्चन बलिउडका निकै चर्चित अभिनेता हुन् । तर उनी सधैँभरि आफ्नो पारिवारिक वातावरणका कारण चर्चामा रहेका छन् । आज तिनै अभिषेक आफ्नो ४३ औँ जन्मदिन मनाइरहेका छन् । उनको जन्मदिनमा उनको नयाँ कुरा सार्वजनिक भएको छ ।
उनकी श्रीमती ऐश्वर्या रायको कुनै समयमा बलिउडका स्टार सलमान खानसँग अफेयर थियो । तर अहिले एश्वर्या र सलमानको सम्बन्ध त्यति राम्रो छैन । अभिषेकले भने अनस्क्रिन सलमान र ऐश्वर्याको जोडी आफूलाई निकै मन पर्ने बताएका छन् ।
उनले सलमान र ऐश्वर्याको चलचित्र हम दिल दे चुके सनम आफूले धेरै पटक हेरिसकेको बताएका छन् । त्यतिमात्र नभएर उनले अझैपनि त्यो चलचित्रले आफू नअघाएको बताएका छन् । उनले ऐश्वर्या र सलमान आफूलाई अनस्क्रिन सबैभन्दा मन पर्ने जोडी रहेको बताएका छन् ।