रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दिइन् बोर्ड अध्यक्षबाट राजीनामा



२३ माघ २०७५, काठमाडौँ

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अध्यक्षको पदबाट राजीनामा दिएकी छिन् । उनले आफ्नो व्यक्तिगत जीवनमा बढी व्यस्त हुनुपर्ने भएकाले राजीनामा दिएको बताइन् । उनले केहि हप्ता अघिमात्र चर्चित सञ्चारकर्मी रवि लामिछानेसँग कानुनी रुपमा विवाह गरेकी थिइन् ।

उनले आफूले राजीनामा दिएको भएपनि सधैँ चलचित्र क्षेत्रमा क्रियाशील रहने बताएकी छिन् । निकिताले आफ्नो ३ महिनाको तलब आफ्ना श्रीमान् रवि लामिछानेले गर्न लागेको सामाजिक कार्यमा दिएको समेत बताइन् ।

जादाँजादैँ निकिताले आफूले पहिलो पटक नेपालमा बक्सअफिस प्रणालीको सुरुवात गर्न पाएकोमा गर्व महशुस भएको बताएकी छिन् । साथै उनले नेपालकै पहिलो महिला चलचित्र विकास बोर्डको अध्यक्ष हुन पाउनु पनि आफ्नो लागि निकै खुसीको कुरा भएको बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्