२३ माघ २०७५, काठमाडौं
रियल म्याड्रिड तथा म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक जोसे माउरिन्हो स्पेनिस अदालतमा कर छली आरोपमा दोषी देखिएका छन् ।
स्पेनमा कर छलीको आरोपमा उनलाई एक वर्षको जेल सजाय सुनाइएको बताईएको छ । उनलाई दुई मिलियन युरो जरिवाना पनि तोकिएको छ । स्पेनिस अदालतले तोकेको एक वर्षको जेल सजाय माउरिन्होले स्वीकार गरेका छन् ।
तर स्पेनी कानुनअनुसार गम्भीर प्रकृतिका हिसांत्मक घटनाबाहेकमा दुई वर्षको जेल सजाय पाएका कुनै पनि व्यक्तिले जेलमा बस्न नपर्ने व्यवस्था छ। यसकारण माउरिन्होले पनि जेलमा बस्नु पर्ने छैन ।