२३ माघ २०७५, काठमाडौँ
पछिल्लो समयमा नेपालमा पनि भित्रिएको एक फेस्टिबल भ्यालेनटाइन डे, जसलाई आजको युवापुस्ताले निकै नै चासो दिने गरेको छ । वास्तवमा यो हाम्रो संस्कृति र चाड होइन । तर विगत केहि बर्षयता नेपालीहरुले यसलाई निकै चासो दिएर मनाउने गरेको देखिन्छ ।
आजभोली प्रेमी प्रेमिका नभएका युवा युवती कमै मात्र होलान् । भ्यालेनटाइन डे विशेषगरी प्रेमी प्रेमिकाको लागि नै हो । यो दिन हरेक राम्रा रेस्टुरेष्ट र पार्कहरु प्रेम जोडीले भरिएको हुन्छ । यस्तैमा भारतका एक चिया पसलले यस दिनका लागि एक नयाँ कुराको घोषणा गरेका छन् ।
प्रफुल बिलोर नाम गरेका भारतका एक युवक केहि बर्षदेखि अहमदाबादमा चिया पसल राख्दै आएका रहेछन् । उनले यस बर्षको भ्यालेनटाइन आफ्नो पसलमा सिगंलहरुको लागि निशुल्क चिया वितरण गर्ने बताएका छन् । उनले सिंगलहरुले पनि मज्जा लिन पाउनु भनेर आफूले यस्तो घोषणा गरेको बताए । उनले त्यस दिन आफ्नो पसलमा विहान ७ बजेदेखि बेलुका १० बजेसम्म चिया वितरण गरिने बताएका छन् ।