२३ माघ २०७५, काठमाडौं
महानगरीय प्रहरी प्रभाग कपनद्वारा आयोजित शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम बूढानीलकण्ठ नगरपालिका वडा नं १० को जुगल स्कूलमा सम्पन्न भएको छ ।
समाजसेवी मिठाराम अधिकारीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विशेष अतिथि महानगरीय प्रहरी बृत बौद्धका प्रमुख डिएसपी नरेन्द्र चन्द, अतिथिहरुमा महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख मिन बहादुर कुँवर, महानगरीय प्रहरी बृत बौद्धका ट्राफिक प्रहरी निरीक्षक दलराम टमटा, बूनपा १० का वडासदस्य चन्द्रमान श्रेष्ठ, समाजसेवी शिव बजागाँई, प्रहरी प्रभाग कपनका प्रहरी नायव निरीक्षक अर्जुन गिरी, प्रहरी सहायक निरिक्षक प्रमानन्द भट्ट लगायत अन्य प्रभागकै टोली, शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अधिकारीले विद्यार्थीहरुलाई समुदाय–प्रहरी साझेदारी कार्यक्रममा सहभागि हुन आवश्यक रहेको बताए ।
विशेष अतिथि प्रहरी बृत बौद्धका प्रमुख डिएसपी चन्दले समुदाय–प्रहरी साझेदारी कार्यक्रम विभिन्न संघ संस्थाहरु र विद्यालयसँग सहकार्य गरेर कार्यक्रम अगाडी बढाएको बताए । विभिन्न विद्यालयमा फरक फरक कार्यक्रमहरु गरेको जानकारी गराएका थिए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बौद्ध प्रहरीले बौद्ध क्षेत्रका १३८ वटा विद्यालयमध्ये लागु औषध, साईवर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम ५५ वटा विद्यालयमा सम्पन्न गरेको जानकारी विशेष अतिथि चन्दले दिएका थिए।
उक्त कार्यक्रममा ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण महानगरीय प्रहरी बृत बौद्धका ट्राफिक प्रहरी निरीक्षक दलराम टमटाले भिडियो मार्फत दिएका थिए ।
महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख कुँवरले ट्राफिक सचेतना, लागूऔषध दुर्व्यसनी, साईबर क्राईम, बालअपराध, बलात्कार, मावन बेचबिखन तथा बाल हिंसा जस्ता जनचेतनामूलक कार्यक्रम विभिन्न विद्यालयहरुमा गर्दै आएको र बाँकी विद्यालयहरुमा पनि समुदाय-प्रहरी साझेदारी कार्यक्रम गर्ने तयारीमा रहेको जानकारी गराए ।
कार्यक्रमका सभापति जुगल स्कूलका प्रधानाध्यापक विवेक विनयीले स्वागत मन्तव्य राख्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रमले द्यार्थीहरुको आफ्नो जीन्दगी बन्ने र अरुको पनि बनाउन सक्ने बताए। पढाईलाई विद्यालयमा मात्र नभएर व्यवहार र समाजमा पनि लागु गर्नुपर्ने उनको जोड थियो।