चलचित्र ‘सम्हालिन्छ कहिले मन’ का लागि लण्डन उडे आकाश र पूजा



२४ माघ २०७५, काठमाडौँ

चलचित्र रामकहानी बाट पूजा र शर्मा र आकाश श्रेष्ठको जोडी बाधिएको थियो । पहिलो चलचित्रमा नै यो जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए । पहिलो चलचित्रमा दर्शकले यो जोडिलाई रुचाएपछि फेरि दोस्रो पटक पनि यो जोडीले सँगै सहकार्य गर्न लागेको छ ।

चलचित्र सम्हालिन्छ कहिले मन मा पूजाको जोडी नव नायक सोनाम तोप्देन र आकाश श्रेष्ठसँग बाधिने भएको छ । चलचित्रको छायांकनको लागि गएराति चलचित्र निर्माण टिक लण्डन उडेको छ । एयरपोर्टमा सोनाम कसैसँग नबोली आफ्नो बाटो लागे भने पूजा र आकाशले केही बोले ।

पूजा र आकाशले नयाँ टिमसँग काम गर्न जान लाग्दा निकै उत्साहित भएको तर त्यति नै नर्भस पनि भएको बताएका छन् । अझ पूजाले त आफ्नो देशमा नै सुटिङ गर्न पाएको भए आफूलाई अझ रमाईलो लाग्ने समेत बताइन् । अब यो टोली चलचित्रको छायांकन सकेर मात्र नेपाल फर्किन्छ ।

 

प्रतिक्रिया दिनुहोस्