२४ माघ २०७५, काठमाडौँ
मानिसहरु यतिसम्म स्वार्थी हुन्छन् कि आफूलाई चाहिएको कुरा पाउनको लागि जस्तोजुकै काम पनि गर्न सक्छन् । यस्तै सल्यानकी एक युवतीले पनि आफ्ना प्रेमीको लागि आफ्नो ४ बर्षको छोरालाई विष खुवाई मारेकी छिन् ।
सल्यानमा बसोवास गर्दै आएकी एलिशा खत्री नाम गरेकी एक युवती आफ्ना श्रीमान्सँग खुसी नभएपछि अर्कै युवकसँग प्रेम सम्बन्धमा थिइन् । उनले ती युवकलाई आफू अविवाहित र एक्लो भएको बताउँदै आएकी रहिछन् । त्यसैको लागि उनले आफ्ना ४ बर्षीया छोरा समीर खत्रीको हत्या गरेकी हुन् ।