२४ माघ २०७५, काठमाडौँ
नायिका बर्षा राउत अहिले सामाजिक सञ्जालमा निकै छाइरहेकी छिन् । यतिबेला उनी चलचित्र वा अभिनयका कारण नभई आफ्ना विवाहका कारण चर्चामा छिन् । नायिका बर्षा राउत यहि फागुन २ मा आफ्ना प्रेमी सन्जोग कोइरालासँग विवाह गर्दैछिन् ।
यसैबीचमा केहिदिन अघि उनीसँग एक अन्तवार्ता लिइएको थियो । त्यसमा उनले आफ्ना केही कुरा खोलेकी छिन् । बर्षाले आफूले अभिनयको सुरुवात साइड डान्सरबाट सुरु गरेकी हुन् । उनलाई चलचित्रमा आउने रहर भने पहिले देखि नै थियो । पछि उनको मेहेनतले गर्दा उनी यहाँसम्म आउन सफल पनि भइन् ।
बर्षाले यो क्षेत्रमा आफू आउँदा सुरुवाती दिनमा आफूलाई धेरैले हेप्ने गरेका तर आज यो स्थानमा आइपुग्दा तिनै व्यक्तिले आफूलाई सम्मान गर्ने गरेको बताउँछिन् । अहिले धेरैले उनलाई विवाहपछि चलचित्र खेल्ने कि नखेल्ने भन्ने प्रश्न गरिरहेका छन् । यसमा बर्षाले आफूलाई यो प्रश्नले निकै दिक्दार बनाइसकेको अब कसैलाई यसबारे जवाफ नदिने बरु सिधैँ विवाहपछि साबित गरिदिने बताएकी छिन् ।