फिफाको नयाँ वरियता जारी, नेपाल १६१ औं स्थानमा



२५ माघ २०७५, काठमाडौं

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ ‘फिफा वरियता’ जारी गरेको छ । उसले फेब्रुअरी महिनाका लागि नयाँ वरीयता जारी गरेको हो ।

नयाँ वरीयताअनुसार नेपाल यसपटक १६१ औं स्थानमा छ । नेपाल यसअघि पनि सोही स्थानमा थियो । यता, दक्षिण एसियाली क्षेत्रबाट सबैभन्दा सिरानमा भने भारत छ । भारत फिफा वरीयताको १०३ औं स्थानमा छ ।

यता, साफ च्याम्पियनसिप विजेता माल्दिभ्स १५२ औं स्थानमा छ । केही समयअघि माल्दिभ्स बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाललाई पन्छाएर फाइनल पुगेको थियो । जहाँ उसले फाइनलमा भारतलाई हराएर उपाधि जितेको थियो ।

टप ३–

फिफा वरीयताको सबैभन्दा शीर्ष स्थानमा बेल्जियम रहेको छ । ऊ रसिया विश्वकपमा तेस्रो बनेको थियो । विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजिल तेस्रोमा छ ।

 

प्रतिक्रिया दिनुहोस्