नाजिर र एलिशाको नयाँ गीत रिलिज (भिडियो)



२५ बाट २०७५, काठमाडौँ

पछिल्लो समयमा नेपाली चलचित्र जगत्मा चलेको नाम भनेको नाजिर हुसेनको पनि हो । चलचित्र होस्टेल रिटन्र्स बाट नेपाली चलचित्र जगत्मा आएका नाजिरले छोटो समयमा नै दर्शकको निकै माया र सपोर्ट पाए ।

अहिले उनी चलचित्रमा निकै व्यस्त छन् । उनी चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोमा  पनि उत्तिकै व्यस्त छन् । भर्खरै मात्र नाजिरको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

एक नारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत रहेको यो कुरा गोप्य बोलको गीतमा प्रमोद खरेलको आवाज रहेको छ । उक्त गीतमा नाजिर हुसेनका साथ चर्चित मोडल तथा नायिका एलिशा राई पनि फिचर्ड छिन् । निकै रमाईलो शैलीको गीतलाई राजिव समरले कोरियोग्राफी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्