स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीको पहिलो बार्षिकीको लागि यस्तो तयारी गर्दै कपुर परिवार



२५ माघ २०७५, काठमाडौँ

श्रीदेवी बलिउडकी निकै चर्चित अभिनेत्री थिइन् । करिब १ बर्ष पहिले उनको असामयिक निधन भएको थियो । उनको निधनबाट स्तब्ध भएको बलिउड फिल्म इन्डष्ट्रिको लागि यो कुरा अझैपनि सपना जस्तो भैरहेको छ ।

उनको निधन २४ फेब्रवरी २०१८ मा भएको थियो । तर तिथि अनुसार उनको निधनको पहिलो बार्षिकी फेब्रवरी १४ मा परेकाले अहिले पुरै कपुर परिवार नै उनको पहिलो बार्षिकीको तयारी गरिरहेको छ ।

उनको बार्षिकीको लागि कपुर परिवारले चेन्नईमा ठूलो पूजा राख्ने भएको छ । उक्त पूजा श्रीदेवीको आत्मा शान्तिको लागि गरिने भएको छ । यसको लागि श्रीदेवीका श्रीमान् र दुई छोरीहरुले तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्