प्रेमी देवांशुलाई लिएर दिल्ली पुगिन् साम्राज्ञी



२५ माघ २०७५, काठमाडौँ

यतिबेला नेपाली चलचित्रकी निकै सफल र व्यस्त नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो चलचित्र र कामले भन्दापनि आफ्नो प्रेमका कारण चर्चित बनिरहेकी छिन् । उनी आजभोली आफ्नो प्रेमको प्रदर्शन खुलेर नै गरिरहेकी छिन् ।

उनको पहिलो प्रेमी मयंक खड्कासँगको प्रेम भने उनले गोप्य राख्न खोजेकी थिइन् । तर अहिलेका देवांशुसँग भने उनी खुलेर प्रेम गरिरहेकी छिन् । यतिबेला नायिका साम्राज्ञी आफ्ना प्रेमीका साथ दिल्ली पुगेकी छिन् ।

केहिसमय अघि उनले चलचित्र मारुनी साइन गरेकी थिइन् । विशेष कारणले उक्त चलचित्रको छायांकन केहिसमय पर सरेकाले उनी समय विताउन आफ्ना प्रेमीका साथ दिल्ली पुगेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्