विवाहपछि प्रियंकाको अनुभव : ब्वाईफ्रेण्ड र श्रीमानमा धेरै फरक हुँदो रैछ



२५ माघ २०७५, काठमाडौँ

बलिउड नायिका प्रियंका चोपडाले २०१८ को अन्त्यतिर आफ्ना अमेरिकन प्रेमी निक जोनसँग लगनगाठाँे कसेकी थिइन् । उनको विवाहलाई २०१८ को भव्य विवाहमध्येका एकमा राखिएको थियो ।

विवाहपछि अहिले उनी निकसँग अमेरिका सिफ्ट भैसकेकी छिन् । उनी बलिउडकी मात्र नभएर हलिउडकी पनि चर्चित अभिनेत्री भएकाले हलिउडमा पनि उनी उत्तिकै व्यस्त छिन् ।

प्रियंकाले भर्खरै मात्र अमेरिकाको एक टक शो मा आफ्नो वैवाहिक जीवनबारे केही बताएकी छिन् । उनले एउटा ब्याईफ्रेण्ड र श्रीमान्मा निकै फरक हुने बताइन् । उनले यो सब कुरा आफूले विवाह गरेपछि मात्र महशुस गरेको बताइन् । तर उनी निकजस्तो असल श्रीमान् पाएकोमा आफू निकै खुसी भएको बताउँछिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्