विवाह गरेको ३ मिनेटमै भयो डिभोर्स, यस्तो थियो कारण



२५ माघ २०७५, काठमाडौँ

कुवेतबाट एउटा अनौठो समाचार आएको छ । जुन समाचार पत्याउनलाई निकै  कठिन पनि छ । कुवेतमा एक विवाहित जोडीले विवाह भएको ३ मिनेटभित्र डिभोर्स गरेका छन् । सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर यो वास्तविक घटना हो ।

हुन त आजभोली सम्बन्ध जोड्नु र तोड्नुलाई मानिसले निकै साधारण रुपमा हेर्न थालेका छन् । तरपनि यो कुवेतको इतिहासमै भएको पहिलो डिभोर्स हो । एक जोडीले न्यायधीसको अगाडी विवाह गरेको थियो ।

विवाह हुने बित्तिकै दुलाहाले दुलहीलाई मूर्ख भनेपछि तुरुन्त दुलहीले डिभोर्स गर्ने निर्णय लिएकी हुन् । उनले ती दुलाहाले आफूलाई हेपेको भन्ने सोचेर डिभोर्स गरेकी हुन् । उनलाई धेरैले समर्थन पनि गरे । विशेष उनलाई महिलाले साथ दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्