एयरपोर्टमा पेन्टि मात्र लगाएर पुगे यी युवक, लुगा नलगाउनुको यस्तो बताए कारण



२५ माघ २०७५, काठमाडौँ

विश्वमा दिनु विचित्रका घटनाहरु घटिरहेका हुन्छन् । जुन घटना हामीलाई पत्याउन पनि निकै कठिन हुन्छ । संसारमा अनेक थरीमा मानिस भेटिन्छन् । जसले मानिसलाई अचम्मित बनाउने कार्य गरिरहेका हुन्छन् । त्यस्तै पत्याउन कठिन घटना अफ्रिकी देश मालावीबाट आएको छ ।

मालावीको एयरपोर्टमा एक युवक भेटिए । जो मात्र पेन्टिमा त्यहाँ पुगेका थिए । उनलाई त्यस्तो गेटअपमा देखेर मालावीको एयरपोर्टमा आएका सबै मानिस चकित परे । धेरै त उनलाई देखेर हाँसे पनि ।

उनको अचम्मको भेष देखेर उनलाई सुरक्षाकर्मीले बाटोमै रोकिदिए । सुरक्षाकर्मीले त्यस्तो लुगा लगाएको मान्छे भित्र जान नपाउने जानकारी समेत दिए । जब ती युवकलाई सुरक्षाकर्मीले किन यस्तो भेषमा आएको भनेर प्रश्न सोधे त्यसमा उनले बढो रमाईलो जवाफ दिएका छन् । ती युवकले आफूले लुगा लगाउन विर्सेर यस्तो गेटअपमा आएको बताए ।

मानिसले लुगा नै लगाउन विर्सिन पनि सक्छ र ? ती युवकको कुरा सुन्दा उनको मानसिक सन्तुलन विग्रिएको अनुमान पनि लगाउन सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्