२५ माघ २०७५, काठमाडौं
फिफाले नयाँ वरियता सार्वजनिक गरेको छ ।
जसमा सबैभन्दा धेरै सुधार कतारको भएको छ । कतारले ३८ स्थान सुधार गर्दै विश्व बरियतामा ५५ औं स्थानमा उक्लिएको हो । कतारले एसिया क्षेत्रको पावर हाउस मानिने राष्ट्रहरुलाई पराजित गर्दै एसियन कपको उपाधिसँगै इतिहास रहेको थियो ।
विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम शीर्ष स्थानमा कायमै रहेको छ । त्यस्तै, विश्वविजेता फ्रान्स भने दोस्रो स्थानमा छ । ब्राजिल तेस्रो स्थानमा रहँदा चौथो स्थानमा क्रोएसिया, पाँचौमा इंग्ल्यान्ड र छैटौं स्थानमा पोर्चुगल रहेका छन् ।