सैफसँग विवाह हुनुअघि २ पटक उनको प्रपोज अस्वीकार गरेकी थिइन् करिनाले



२५ माघ २०७५, काठमाडौँ

करिना कपुर र सैफ अली खान बलिउडका निकै क्युट कपलमध्येका एक हुन् । स्मरण रहोस् करिना सैफकी दोस्री पत्नी हुन् । यी दुईको सन् २०१३ अक्टोबर १३ मा विवाह भएको थियो । सैफ र करिना चलचित्र टशन को सुटिङको क्रममा एकअर्काको नजिक भएका थिए ।

सैफसँग विवाह हुनुअघि २ पटक सैफकी प्रपोज आफूले रिजेक्ट गरेको करिनाले खुलाएकी छिन् । उनले सैफले आफूलाई पहिलो पटक पेरिसमा विवाहको लागि प्रपोज गरेको र त्यस समयमा आफूले सैफको प्रपोज रिजेक्ट गरेको बताइन् ।

सैफले करिनालाई ज्यादै मन पराउँथे । त्यसैले उनले करिनालाई दोस्रो पटक पनि विवाहको प्रस्ताव राखे । त्यस समय पनि करिनाले सैफलाई अबदेखि मसँग यस्तो कुरा नगर्नु भनेर गाली गरिदिएकी थिइन् । सैफको तेस्रो प्रयास भने सफल भयो । तेस्रो चोटी सैफले प्रपोज गर्दा २ दिन लगाएर करिनाले उनको प्रस्ताव स्वीकारेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्