२३ माघ २०७५, काठमाडौं
महानगरीय प्रहरी प्रभाग कपनद्वारा आयोजित शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको लागु औषध सम्बन्धि प्रशिक्षण बूढानीलकण्ठ नगरपालिका वडा नं १० को माउन्ट एभरेष्ट इङ्गलिस स्कूलमा सम्पन्न भएको छ ।
बूनपा वडा नं १० का वडासदस्य भुवप्रसाद रेग्मीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विशेष अतिथि महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख मिन बहादुर कुँवर, समाजसेवी देवी रेग्मी, प्रहरी प्रभाग कपनका प्रहरी नायव निरीक्षक अर्जुन गिरी, प्रहरी सहायक निरिक्षक प्रमानन्द भट्ट लगायत अन्य प्रभागकै टोली, शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बूनपा वडा नं १० का वडासदस्य भुवप्रसाद रेग्मीले विद्यार्थीहरुलाई समुदाय–प्रहरी साझेदारी कार्यक्रममा सहभागि हुन आवश्यक रहेको बताए ।
रेग्मीले ‘समुदायमा सकारात्मक काम गर्नेको लागि सम्मान र नराम्रो काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनका लागि बर्दि लगाएका प्रहरीले मात्र नभई बर्दि नलगाएका प्रहरीले पनि सहयोग गनुपर्ने बताए ।
विशेष अतिथि प्रहरी प्रभाग कपनका प्रमुख कुँवरले समुदाय–प्रहरी साझेदारी कार्यक्रम विभिन्न विद्यालयहरुसँग सहकार्य गरेर कार्यक्रम अगाडी बढाएको बताए बताउँदै विभिन्न विद्यालयमा फरक फरक कार्यक्रमहरु गरेको जानकारी गराएका थिए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध, साईवर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम जारी रहेको जानकारी विशेष अतिथि कुँवरले दिएका थिए ।
कार्यक्रममा विशेष अतिथि समाजसेवी रेग्मीले आफ्नो बाल्यकालमा पुलिससँग डराउनु पर्ने बताउदै अहिलेका विद्यार्थीहरुले प्रहरीलाई साथि बनाउन पाउनु खुसीको कुरा बताएकी थिईन् ।
उक्त कार्यक्रममा लागु औषध सम्बन्धि प्रशिक्षण महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख मिन बहादुर कुँवरले भिडियो मार्फत जानकारी दिएका थिए ।
कार्यक्रमका सभापति माउण्ट एभरेष्ट इङ्गलिस स्कूलका प्रधानाध्यापक गंगा चिमरीयाले स्वागत मन्तव्य राख्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रमले द्यार्थीहरुको आफ्नो जीन्दगी बन्ने र अरुको पनि बनाउन सक्ने बताए । पढाईलाई विद्यालयमा मात्र नभएर व्यवहार र समाजमा पनि लागु गर्नुपर्ने उनको जोड थियो ।