गजल
भोको पेट ब्रत बसाइ जागिर नपाए पछि
हाहाकार छ नेपालीलाई जागिर नपाए पछि
साँझ बिहान ति आमाले फकाउदै मेरो बाबू
भन्न छाडिन् कोखाई कोखाई जागिर नपाए पछि
तालामोट चिउरा चपाकोनि महिनौ भयो भन्दै
आँसु पुछ्दै रुन्छ भाई जागिर नपाए पछि
रुँदै भन्छिन् मेरी दिदी अब घरमै बस्छु सधैँ
शहरबाट गाउँमा आई जागिर नपाए पछि
खाजा बेचेर जिविका चलाउथ्यो हिजो अस्ति
मुग्लान गयो आज दाई जागिर नपाए पछि
गफ मात्रै गरिरहने काम छैन यस्तो सरकार
सबको सुन्छु यस्तो भनाई जागिर नपाए पछि
- एटम बिद्रोही
भोजपुर