झरनाकी छोरी सुहानाको अंगालोमा अनमोल (भिडियो)



२७ माघ २०७५, काठमाडौँ

अनमोल केसी अहिलेका सर्वाधिक चर्चित अभिनेता हुन् । यतिबेला नेपाली चलचित्र बजारमा अनमोलको डिमाण्ड चर्को छ । यो बर्ष उनको दुई चलचित्र प्रदर्शनमा आउँदै छन् । फागुन १७ मा क्याप्टेन रिलिज हुँदैछ भने चैत्र २९ मा ए मेरो हजुर ३ रिलिज हुँदैछ । दुवै अनमोलका बहुप्रतिक्षित चलचित्र हुन् ।

भर्खरै मात्र अनमोलको बहुप्रतिक्षित चलचित्र ए मेरो हजुर ३ को अफिसियल टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा अनमोल र सुहानाको गहिरो प्रेम देख्न सकिन्छ । टिजर रिलिज कार्यक्रममा चलचित्र निर्माण टिमले अब केही दिनमा चलचित्रको १ गीत पनि सार्वजनिक गर्ने बताएका छन् ।

चलचित्र ए मेरो हजुर ३ लाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा उनका श्रीमान् सुनिल थापाको लगानी रहेको छ । चलचित्रमा अनमोल र सुहाना मुख्य भूमिकामा रहेका छन् । चलचित्रको छायांकन नेपाल र अमेरिकाका रमणीय स्थलमा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्