आकाश र स्वस्तिमाको नयाँ गीत रिलिज



२७ माघ २०७५, काठमाडौँ

आकाश श्रेष्ठ र स्वस्तिमा खड्का दुवै नेपालका सफल नायक नायिका र मोडल पनि हुन् । यी दुईले एकसाथ धेरै म्यूजिक भिडियोमा काम गरिसकेका छन् । यी दुईले खेलेको आँशुको अर्थ बोलको गीत निकै नै हिट भएको थियो । भर्खरै मात्र यी दुईको नयाँ गीत सार्वजनिक भएको छ ।

एक नारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत रहेको तिमी नै मेरो सास बोलको गीतमा शिव परियारको आवाज रहेको छ । उक्त गीतमा आकाश र स्वस्तिमालाई फिचर्ड गराइएको छ । उक्त गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्