रणवीरलाई आफ्नो भन्न पाएकोमा निकै खुसी छु : आलिया भट्ट



२७ माघ २०७५, काठमाडौँ

नायिका आलिया भट्ट बलिउडकी निकै चर्चित नायिका हुन् । यतिबेला उनी चलचित्र गली ब्वाइज को प्रमोशनमा व्यस्त छिन् । यो चलचित्रमा उनको जोडी पहिलो पटक रणवीर सिंहसँग बाधिएको छ ।

आजभोली यी दुई यहि चलचित्रको प्रमोशनका लागि निकै दौडिरहेका छन् । उनीहरुले चलचित्रको प्रमोशनको क्रममा चलचित्रको बारेमा मात्र बोल्न पाएका छैनन् । पत्रकारले उनीहरुलाई उनीहरुको दैनिक जीवनबारे पनि प्रश्न सोध्ने गर्छन् ।

यस्तैमा चलचित्रमा आलियाले आफ्नो प्रेमीलाई कसैले जिस्काएमा पिट्ने संवाद बोल्दा पत्रकारले त्यसलाई आधार बनाएर उनलाई के तपाई रियल लाइफमा पनि यस्तै हुनुहुन्छ भनेर प्रश्न सोधेका थिए । यसमा आलियाले रमाईलो जवाफ दिएकी छिन् ।

आलियाले आफ्नो प्रेमीलाई खुल्लापन चाहिने हुनाले आफूले उसलाई रोक नलागाउने र आफूलाई पनि उनले रोक नलगाउने बताइन् । आलियाले चलचित्रको भूमिकामा जस्तो आफू नभएको बताएकी छिन् । उनले आफ्नो प्रेमी धेरै जनाको क्रस भएकोमा राम्रो लाग्ने बताउँछिन् ।

साथै उनले उनको प्रेमीलाई आफ्नो भन्न पाएकोमा निकै खुसी भएको बताएकी छिन् । स्मरण रहोस् आलिया अहिले बलिउड चक्लेटी नायक रणवीर कपुरसँग प्रेममा छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्