एकअर्काको अंगालोमा रमाउँदै आर्यन र प्रियंका



२७ माघ २०७५, काठमाडौँ

आर्यन सिग्देल र प्रियंका कार्की कुनै समयमा निकै हिट कपल हुन् । यी दुईले एकसाथ थुप्रै चलचित्रमा काम गरिसकेका छन् । अझ प्रियंकाले त आफ्नो पहिलो चलचित्र कलिउड नै आर्यनसँग गरेकी हुन् । कुनै समयमा यी दुवै कलाकार नेपाली चलचित्रमा खुबै हिट थिए । तर पछिल्लो समयमा यी दुवैको चलचित्रले दर्शकबाट आशातित माया पाउन सकेको छैन ।

लामो समयपछि आर्यन र प्रियंका विकास आचार्यको चलचित्र हजार जुनी सम्म मा एकसाथ देखिदैँ छन् । हाल चलचित्रको छायांकन सिक्किममा भैरहेको छ । चलचित्रमा आर्यन र प्रियंका प्रेमी प्रेमिकाको भूमिकामा देखिएका छन् । भर्खरै मात्र चलचित्रको छायांकन स्थलबाट आर्यन र प्रियंकाको केही तस्बिर सार्वजनिक गरिएको छ ।

जहाँ आर्यन र प्रियंकालाई एकअर्काको अगांलोमा रमाइरहेको देख्न सकिन्छ । उक्त तस्बिर चलचित्र हजार जुनीसम्म को एक गीतको हो । जहाँ आर्यन र प्रियंका फिचर्ड छन् । उक्त गीतको छायांकन माइनस ४ डिग्री तापक्रमको भएको सिक्किमको हिमाली भेगमा गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्