यसकारण गरे ५५ बर्षका ससुराले ३३ बर्षकी आफ्नी बुहारीसँग विवाह



२७ माघ २०७५, काठमाडौँ

हाम्रो समाजमा दिनहुँ अनौठा खालका घटनाहरु घटिरहेका हुन्छन् । कतिपय घटना त समाजमा पचाउन पनि कठिन हुन्छ । यस्तै पत्याउनै कठिन घटना गोरखपुरबाट आएको हो । जहाँ ५५ बर्षका ससुराले आफ्नी ३३ बर्षीया बुहारीसँग विवाह गरेका छन् ।

सुरुमा सुन्दा सबैलाई पत्याउन कठिन हुन्छ । तर गोरखपुरका जेलर निषादले आफ्नो जेठो छोराकी श्रीमती पुन्नूसँग विवाह गरेका छन् । सबै गाउँलेले यो कुरा थाहा पाएपछि जेलरले विवाह गर्नुको कारण खुलाएका छन् ।

उनले आफ्नो छोराले बुहारीलाई धोका दिएर अर्कैसँग घरजम गरेर बसेकाले बुहारीको हात थाम्नको लागि बुहारीसँग विवाह गरेको बताए । उनले बुहारीका ४ सन्तान भएकाले उनलाई साथ दिनको लागि उनको हात थामेको बताए । तर गाउँलले जेलरलाई नै दोषी मानिरहेका छन् । गाउँलेको अनुसार ससुरा र बुहारीबीच पहिलेदेखि नै सम्बन्ध रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्