ब्रेकअपपछि नेहाको अनुभव, सिंगल हुनु संसारको सबैभन्दा रमाईलो पाटो हो



२७ माघ २०७५, काठमाडौँ

नेहा कक्कड बलिउडकी निकै चर्चित सिंगर हुन् । उनले बलिउडमा थुप्रै हिट गीत दिएकी छिन् । यतिबेला बलिउडमा नेहा आफ्नो गीतको कारणभन्दा पनि आफ्नो लब र ब्रेकअपका कारण धेरै चर्चामा छिन् ।

केहिसमय अघि उनको प्रेमी हिमांश कोहलीसँग बे्रकअप भएको थियो । त्यसबेला नेहा निकै टुटेकी थिइन् । उनी डिप्रेशनमा समेत गएकी थिइन् । नेहाले एक अन्तवार्तामा समेत यो कुराको खुलासा गरेकी छिन् ।

नेहाले आफू हिमांशसँग प्रेममा हुँदा परिवार र साथीभाईलाई समय दिन नसकेको बताइन् । उनी अहिले ती दिन सम्झदा निकै नरमाईलो लाग्ने बताउँछिन् । नेहा हिमांशको प्रेममा हुँदा उनी उनको धेरै समय आफ्ना प्रेमीलाई दिन्थिन् । नेहाले हिमांशसँग बिताएको पल आफ्नो जीन्दगीको नरमाइलो क्षणमा पर्ने समेत बताउँछिन् । उनले हिमांश आफ्नो जीन्दगीको पाटो बन्न लायककै नभएको पनि बताइन् । तर अहिले उनी यी सबै कुराबाट बाहिर निस्किसकेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्