२७ माघ २०७५, काठमाडौं
‘प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता २०७५’ आगामी फाल्गुनमा हुने भएको छ ।
नेपाली सेनाअन्तर्गत सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा हुने प्रतियोगिता विभिन्न पाँच विघामा संचालन हुने बताईएको छ ।
प्रतियोगितामा म्याराथन, हाफ म्याराथन, महिला–पुरुष तथा ४५ वर्षमाथि उमेर समूहको दौड, १० किमि दौड, पाँच किमिको वाकाथन र सैनिक विद्यालयका छात्रछात्राको लागि पाँच किमिको दौडलगायतका खेलहरु हुने बताईएको छ ।