दिपिकालाई भगवान्ले निकै मेहेनत गरेर बनाएर यति राम्री भएकी हुन् : आलिया भट्ट



२७ माघ २०७५, काठमाडौँ

दिपिका पादुकोण दुवै बलिउडका निकै डिमाण्डेड र चर्चित अभिनेत्री हुन् । पछिल्ला दिनहरुमा यी नायिकाको दोस्ती निकै राम्रो छ । दुवै कतै एकअर्काको कुरा गर्न पाएमा एकअर्काको खुब तारिफ गर्छन् ।

त्यस्तै अहिले पनि आलिया चलचित्र गल्ली ब्वाइज को प्रमोशनमा व्यस्त छिन् । यस चलचित्रमा उनको जोडी दिपिकाका श्रीमान् अर्थात् रणवीर सिंहसँग बाधिएको छ । त्यस्तै यसै चलचित्रको प्रमोशनको क्रममा उनलाई दिपिकाको बारेमा के सोच्नुहुन्छ भन्ने प्रशन सोधिएको थियो । त्यसमा उनले दिपिका आफ्नी दिदी भएको बताएकी छिन् ।

त्यतिमात्र नभएर आलियाले दिपिकाको खुब प्रशंसा गरिन् । उनले दिपिकालाई भगवानले निकै समय लगाएर बनाएको हुनुपर्छ  भनिन् । उनले आफूलाई दिपिकाको रुप मात्र नभएर उनको व्यवहार र पर्सन्यालिटी पनि निकै मन पर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्