भारत जानुअघि आफ्नो गृहजिल्ला दमकमा सेड्रिनाले यस्तो बबाल डान्स गरेकी थिइन् (भिडियो)



२७ माघ २०७५, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा नै दर्शकको मन जित्न सफल नाम सेड्रिना शर्माको पनि हो । उनी चलचित्र नाई नभन्नु ल ५ बाट नेपाली चलचित्र क्षेत्रमा आएकी हुन् । पहिलो चलचित्रबाट नै उनले दर्शकको अथाह माया पाउन सफल भएकी थिइन् ।

अहिले सेड्रिना आफ्नो पढाई पुरा गर्नको लागि भारत गइसकेकी छिन् । उनले भारत जानु केहीदिन अघि आफ्नो गृहजिल्ला दमकमा धमाका मच्चाएकी थिइन् । उनी दमकमा जादाँ उनलाई हेर्न आउने मानिसको भिड सम्हाल्न निकै नै कठिन भएको थियो ।

सेड्रिनाको गृहजिल्ला भएका कारण पनि उनलाई त्यहाँ माया गर्ने मान्छे धेरै थिए । दमकमा सेड्रिनाले आफ्ना फ्यानसँग निकै राम्रो डान्स पनि गरिन् । उनलाई देखेर दमकका दर्शक निकै रमाइरहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्