काठमाडौंमा प्रादेशिक नेपाली खाना महोत्सव सम्पन्न



२७ माघ २०७५, काठमाडौं

काठमाडौंमा प्रादेशिक नेपाली खाना महोत्सव सम्पन्न भएको छ ।

ग्लोबल नेप्लिज सेफ फेडेरेसन ,जिएनसीइफ च्याप्टर अमेरिका लिकनं एभरेष्ट कर्पोसन युएसए , नेप्लिज वोल्ड सेफ एसोसिएसन युएसको आयोजनामा सो महोत्सव सम्पन्न भएको हो ।

विभिन्न खाद्य उद्योगहरुको प्रयोजनमा ठमेल स्थित ठमेल इको रिसोर्टमा सम्पन्न महोत्सवमा विभिन्न नेपाली खानाहरुको प्रदर्शन गरिएको थियो । शनिबार भएको उक्त प्रर्दशनिमा सात भन्दा बढी खानाका प्रकारहरु प्रर्दशन गरिएको थियो ।

खानाहरुमा विषेश गरि आदिवासि सस्कृतिमा प्रचलित भक्का , बटुक ,चटामसि , पकौडा, कोदोको रोटि आदि तयार पारिएको थियो । नेपालमा आउने पर्यटनलाई बढुवा दिन र नेपाली खानालाई विश्व सामु चिनाउन यसले ठुलो महत्व राखने नेप्जि फुड गुरु सुरेशचन्द्र बस्नेतले बताए ।

यो प्रर्दशनि नेपालको ७ ओटै प्रदेश र विश्वको ६आटै महादेशमा समेत गरिने बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्