लण्डनमा यसरी सुरु भयो ‘सम्हालिन्छ कहिले मन’ को छायांकन



२८ माघ २०७५, काठमाडौँ

नायिका पूजा शर्मा आफ्नो नयाँ चलचित्र सम्हालिन्छ कहिले मन का लागि आफ्नो टिमसँग केहीदिन अगाडी लण्डन उडेकी थिइन् । चलचित्र सम्हालिन्छ कहिले मन मा उनको जोडी दुई नायकसँग बाधिने भएको छ ।

लण्डनमा चलचित्रको छायांकन समेत सुरु भैसकेको छ । चलचित्र सम्हालिन्छ कहिले मन टिमले चलचित्रको सेटबाट केही तस्बिरहरु सार्वजनिक गरेको छ । जसमा पूजालाई सोनाम र आकाशले साथ दिएका छन् ।

चलचित्र सम्हालिन्छ कहिले मन को अधिकांश छायांकन लण्डनमा गरिने चलचित्र निर्माण टिमले जानकारी गराएको छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्