अनमोलले पाए नेपालगञ्जमा २० हजार दर्शकको साथ, गाए ‘रहर छ सँगै’



२८ माघ २०७५, काठमाडौँ

अनमोल केसी अहिलेका सर्वाधिक व्यस्त र डिमाण्डेड अभिनेता हुन् । उनलाई लिएर चलचित्र बनाउन निर्माता निर्देशक मरिहत्ते गर्ने गर्छन् । हुन पनि अनमोलको नामले मात्र पनि चलचित्र बल्कबस्टर हुने गर्छन् । यतिबेला भने उनी प्रदर्शनको तयारीमा रहेको चलचित्र क्याप्टेन को प्रमोशनमा व्यस्त छन् ।

क्याप्टेन को प्रमोशनको लागि नै उनी हिजो नेपालगञ्ज महोत्सवमा पुगेका थिए । उनी त्यति महोत्सवतिर गएको देखिदैँन । तर उनी आइतबार नेपालगञ्ज पुग्दा नेपालगञजको माहोल नै अर्कै भएको थियो । उनलाई हेर्नको लागि नेपालगञ्जमा २० हजार भन्दा बढी दर्शक उपस्थित भएका थिए ।

आफूलाई साथ दिनको लागि यतिधेरै दर्शक उपस्थित हुँदा अनमोल पनि निकै खुसी देखिएका थिए । उनले त्यहाँ करिब १० मिनेट जति समय बिताए । उनले क्याप्टेन को बारे केही बोले भने क्याप्टेन मा समावेश रहर छ संगै गीत गाएर दर्शकलाई थप मनोरञ्जन दिए । उनले आफ्नो चलचित्रको एती एती पानी बोलको गीतमा डान्स पनि गरे । नेपालगञ्जमा साच्चैँ नै अनमोलको लोभलाग्दो क्रेज देखिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्