२८ माघ २०७५, काठमाडौं
काँधमा झोला हातमा, राहदानी बोकेर
ऊ हिँडेको छ दुःखै दुःखको, कहानी बोकेर
कहाँ पुगेर रोकिन्छ होला, त्यो जहाज
हजारौं यूवाहरुको, जीन्दगी बोकेर
ए नारी हो, सुरक्षित रहौंला र कत्ति समय
यी दानवहरुको दुनियाँमा, जवानी बोकेर
छेउमै आउने अनि नबोली, टाढा हुने फेरी
नआउ प्रिय मेरो सामु लज्जालु, बानी बोकेर
आमा भन्नुहुन्छ, सुखमात्र साथ पाईन्छ
तँ नहिड्नु आखाँमा, पानी बोकेर
पनौती !
हाल : काडमाडौं