निश्चल त म भन्दा पनि हावा छ, खाली पब्जी खेलेर बस्छ : स्वस्तिमा खड्का



२८ माघ २०७५, काठमाडौँ

नायिका स्वस्तिमा खड्का अहिलेकी सर्वाधिक चर्चित नायिका हुन् । उनी निरन्तर एकपछि अर्को चलचित्रमा व्यस्त हुन थालेकी छिन् । सबैले स्वस्तिमाको करियर राम्रो बन्नुको श्रेय उनका श्रीमान् निश्चल बस्नेतलाई दिन्छन् । जो नेपाली चलचित्र जगत्का अत्यन्तै व्यस्त र चर्चित निर्देशक हुन् ।

निश्चल र स्वस्तिमालाई राष्ट्रिय दाजु भाउजुको उपनाम दिइएको छ । उनीहरुको विवाह भएको पनि ३ बर्ष वितिसकेको छ । त्यसैले अहिले धेरैले निश्चल र स्वस्तिमालाई बच्चा कहिले पाउने भनेर प्रश्न सोध्ने गरेका छन् ।

यसमा स्वस्तिमाले निश्चल र आफू अहिले निकै व्यस्त भएकाले यसबारे नसोचेको बताएकी छिन् । त्यसबाहेक उनले यसबारे रमाइलो जवाफ दिएकी छिन् । उनले निश्चल र आफू दुवै हावा भएकाले बच्चाको जिम्मेवारी उठाउन नसक्ने बताएकी छिन् । अझ उनले निश्चल त आफूभन्दा पनि धेरै हावा भएको र मोबाइलमा खाली पब्जी खेलेर बस्ने गरेको बताइन् । उनले हाँस्दै धेरैजसो गेमकै कुरामा निश्चल र आफ्नो झगडा पर्ने पनि बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्