भारतीय चर्चित रियालिटी शो ‘सारेगमपा लिटल च्याम्प’ मा नेपाली छोरो प्रीतमले मच्चाए धमाका (भिडियो)



२८ माघ २०७५, काठमाडौँ

आजभोली भारतीय रियालिटी शो मा नेपालीको सहभागिता निकै बढ्दो छ । केही नेपालीले यसैबाट संसारभर परिचित हुन सफल समेत भएका छन् । केहीसमय अघि मेनुका प्रधान भारतको चर्चित रियालिटी शो सारेगमपा मा गएकी थिइन् । उनले त्यहाँबाट दर्शकको धेरै माया पनि पाइन् । तर उनी टप १२ बाट अघि जान सकिनन् ।

अहिले फेरि भारतको अर्को चर्चित रियालिटी शो सारेगमपा लिटल च्याम्प मा नेपालका छोरा प्रीतम आचार्य पनि गएका छन् । उनले अहिले यही कारणले निकै चर्चा पाइरहेका छन् ।

सारेगमपा को पहिलो एपिसोड टेलभिजनमा प्रसारण भैसकेको छ । प्रीतमले पहिलो एपिसोडमा नै दर्शक र जर्जको मन जित्न सफल भएका छन् । उनले सन्देसे आते हे बोलको गीत गाएका थिए । जर्जहरुले उनलाई उक्त गीत गायकले भन्दापनि राम्रो गीत गाएको बताए । उनले भारतमा अहिले धुम मच्चाइरहेका छन् । यो सम्पूर्ण नेपालीको  लागि गर्वको कुरा हो । प्रीतमलाई आउँदो दिनको लागि हाम्रो तर्फबाट पनि शुभकामना ।

प्रतिक्रिया दिनुहोस्