धनगढी प्रिमियर लिग : काठमाडौंद्वारा धनगढी ४ विकेटले पराजित



२८ माघ २०७५, काठमाडौं

तेस्रो डिपीएलमा धनगढीलाई हराउँदै काठमाडौं गोल्डेन्सले विजयी सुरुवत गरेको छ । आज धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा धनगढी स्टार्स विरुद्धको खेलमा ४ विकेटको जित हात पार्दै जितको सुरुवात गरेको हो ।

टस हारेर ब्याटिङ गरेको धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९.५ ओभरमा पुरा गर्न सक्यो । धनगढीका लागि महबुब आलमले विजयी चौका प्रहार गरे । उनी १२ र विक्रम भुसाल १० बलमा २ छक्का प्रहार गरी १४ रनमा अविजित रहे । त्यस्तै काठमाडौंका गौरव तोमार २८, अनिल साह २४, अंकिद दबास २९, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्की समान २ रनमा आउट भए ।

धनगढीका रोहन मुस्तफाले ४ विकेट लिए। अमिर हायत र विपिन खत्रीका नाममा १/१ विकेट रह्यो । टस हारेर ब्याटिङमा आएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाउन सफल भयो ।

धनगढीबाट अमित श्रेष्ठले ५०, सन्दीप रजाइली २८, सौरभ खनाल २५ र पवन सर्राफले १९ रन बनाए । बलिङ तर्फ नन्दन यादव २, ललित राजवंशी र अंकित दबासले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्