नेपालगञ्ज महोत्सवमा भुवन र निरुताले गरे यस्तो बबाल डान्स (भिडियो)



२९ माघ २०७५, काठमाडौँ

यतिबेला चलचित्र क्याप्टेन टिम चलचित्रको प्रमोशनमा व्यस्त छ । चलचित्रको प्रमोशनका लागि नै चलचित्रका कलाकार विभिन्न ठाउँमा पुगिरहेका छन् । यस्तैमा गत आइतबार अनमोल कसी नेपालगञ्ज पुगेका थिए । उनले त्यहाँका दर्शकबाट निकै राम्रो साथ पाए ।

अनमोलपछि भुवन र निरुता पनि चलचित्र क्याप्टेन को प्रमोशनका लागि नेपालगञ्ज पुगेका छन् । नेपालगञ्ज महोत्सवमा लामो समयपछि यो जोडीलाई देख्दा दर्शक निकै उत्साहित भएका थिए । भुवन र निरुता स्टेजमा चड्ने वित्तिकै दर्शकको हुटिङ सुरु भएको थियो ।

उक्त कार्यक्रममा निरुता र भुवनले दमदार डान्स पनि गरे । भुवन र निरुताले गरेको डान्समा दर्शक निकै रमाएका थिए । भुवन र निरुताले चलचित्र क्याप्टेन को पनि निकै राम्रोसँग प्रचार गरे ।

 

प्रतिक्रिया दिनुहोस्