विभिन्न पदक होल्डर बक्सिङ खेलाडी नदगसहित सम्मानित



२९ माघ २०७५, काठमाडौं

नेपाललाई विभिन्न पदक दिलाउन सफल ४ जना बक्सिङ खेलाडीलाई सम्मान गरिएको छ ।

सोमबार काठमाडौंको त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गरि उनीहरुलाई जनही २५/२५ हजारसहित सम्मान गरिएको हो । खेलाडीहरुको खेलप्रतिको हौसला बढाउनका लागि ‘नेपाल बक्सिङ संघ’ ले सम्मान गरेको हो ।

पुनम रावल, दिवन शर्मा, सुशिल थापा, र बिमला श्रेष्ठलाई नदगका साथ सम्मान गरिएको हो ।

खेलाडी बिमला श्रेष्ठले भारतमा सम्पन्न ५४ केजी तौल ममूहमा नेपाललाई कास्य पदक दिलाएकी थिईन् । त्यस्तै सोही प्रतियोगितामा पुवन रावलले ६० केजी तौलमा कास्य पदक हात पारेकी थिईन् ।

त्यसैगरि दिवना शमाले ४८ केजी तौल समूहमा स्वर्ण पदक जितकी थिईन् भने, सुशिलले ४९ केजी तौल समूहमा कास्य पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्