पल र आँचलको नयाँ गीत सार्वजनिक (भिडियो)



२९ माघ २०७५, काठमाडौँ

पल शाह र आँचल शर्मा नेपाली चलचित्र जगत्मा निकै चर्चित नाम हो । यी दुईको जोडी ठूलो पर्दामा भन्दा अगाडीबाट नै चर्चामा थियो । पल र आँचलले एकसाथ केही चलचित्र र थुप्रै म्युजिक भिडियोमा काम गरिसकेका छन् । भर्खरै मात्र पनि पल र आँचलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सुरेश वाग्ले र मेघराज लगुनको सँगीत रहेको मायामा बोलको गीतमा राहुल विश्वकर्मा र स्नेसी थापाको आवाज रहेको छ । उक्त गीतमा पल र आँचललाई फिचर्ड गराइएको छ । उक्त गीतलाई विकाश सुवेदीले कोरियोग्राफी गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्