प्रदेशसभा सदस्य राजन दाहालद्वारा प्रगतिशील माविको भवन शीलान्यास



२९ माघ २०७५, काठमाडौं

सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ३ बोहोरेटारमा रहेको प्रगतिशील माध्यमिक विद्यालयको भवन प्रदेशसभा सदस्य राजन दाहालले शीलान्यास गरेका छन् ।

एडिबीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको २१ कोठे भवन रु आठ करोड ३४ हजार रुपैयामा निर्माण गर्न लागिएको हो । उक्त भवन आर्थिक वर्ष २०७७ मा सम्पन्न गर्ने सम्झौतामा उल्लेख रहेको छ । भवनको निर्माण कार्य लुम्बिनी खानी कन्स्ट्रक्सनले गर्ने जानकारी सो विद्यालयका प्रधानाध्यापक चक्रबहादुर श्रेष्ठले दिएका छन् ।

उक्त भवनका निर्माणका लागि पूर्व विद्यार्थीहरुबाट समेत आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको समेत बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्