गजल (पुरुष भाव)



गजल (पुरुष भाव)

स्कुलका ती रमाइला पल फेरि आए हुन्थ्यो
मनभरी यथार्थमा केवल तिमी छाए हुन्थ्यो

यो संसारमा कोइ छैनन् तिमी जस्तो अरु
फिल्ममाझै झट्ट भेटी प्रेम गीत गाए हुन्थ्यो

झुकाइ शिर लुकेर हेर्दै अघाइन त्यतिबेला
अहिले भन्छ मन उनीलाइ खोज्न धाए हुन्थ्यो

मनको कुरा मनमै रहे बोल्ने हिम्मत हराएर
भेटेर मलाइ नछोड्ने बाचा उनिले खाए हुन्थ्यो

दुधे बालक छोडेझै हुन्थ्ये म शनिवार आउँदा
भुल्थ्ये संसार पलभर पनि तिमी पाए हुन्थ्यो

बूढानीलकण्ठ नगरपालिका कपन
पार्बती अधिकारी
काठमाडौं

प्रतिक्रिया दिनुहोस्