ईङ्ग्ल्याण्डलाई विश्वकपको उपाधी जिताउने गोलरक्षक बैंक्सको निधन, जसले रोकेका थिए, पेलेको सुट !



०१ फाल्गुन २०७५, काठमाडौं

ईङ्ग्ल्याण्डलाई विश्वकप फुटबलको उपाधी दिलाउने टोलीका एक खेलाडी गोर्डन बैंक्सको मंगलबार निधन भएको छ ।

ईङ्ग्ल्याण्डले सन् १९६६ मा विश्वकप फुटबलको उपाधी चुम्दा बैंक्स गोलरक्षकका रुपमा टोलीमा थिए । टोलीलाई पहिलो पटक विश्वकपको उपाधी चुमाउन बैंक्सले महत्वपूर्ण भूमिका निर्वाह गरेका बताईन्छ ।

बैंक्सले सन् १९६३ देखि सन् १९७२ को बीचमा ईङ्ग्ल्याण्डको राष्ट्रिय टोलीबाट ७३ खेल खेलेका थिए। आफ्नो समयका विश्व चर्चित गोलरक्षक बैंक्सले विश्व फुटबल महासंघ (फिफा) बाट ६ पटक विश्वकै सर्वोत्कृष्ट गोलरक्षकको अवार्ड पनि पाएका थिए । सन् १९७० को विश्वकपमा ब्राजिलका महान खेलाडी पेलेले गरेको शक्तिशाली प्रहारलाई उत्कृष्ट बचाउ गरेपछि बैंक्सको चर्चा निकै चुलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्