पाठकको घूस प्रकरणः कार्यालय अख्तियार, विभिन्न व्यक्तिसँग मोलमोलाई गर्ने ठाउँ तीनकुने



०३ फागुन २०७५,काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ खडा गरेको खुलासा भएको छ । पाठकले निजामती प्रशासनका केही व्यक्तिलाई त्यँहा राखेर विभिन्न पक्षसँग मोलमोलाई गर्ने र रकम उठाउने गरेको अख्तियार उच्च स्रोतले जनायो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

‘उहाँका बारेमा अनेक गुनासा आएपछि हाम्रो सुरक्षाकर्मीको टोलीले केही समय निगरानी गरेको थियो, ’ अख्तियार स्रोतले भन्यो, ‘उनीहरुले विभिन्न व्यक्तिलाई धम्क्याउने , रकम उठाउने लगायत काम गरिरहेको खुल्यो । केही कर्मचारी हाम्रो निगरानीमा छन् ।’ उक्त अखडामा तीन व्यक्तिले काम गरिरहेका थिए । तीमध्ये एक जना नापी विभाग र अर्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । तेस्रो व्यक्ति नापीका पूर्वकर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस्