०३ फाल्गुन २०७५, काठमाडौं
हिरो गोल्डकपअन्तर्गत आज नेपाल म्यानमारविरुद्ध मैदान उत्रिँदै छ । खेल भारतको उडिसास्थित कालिङ्गा रंगशालामा साँझ ६ बजे हुने छ ।
नेपालले यो भन्दा अगाडी भारतलाई समूह चरणमै पराजित गरेको थियो ।
म्यानमार प्रतियोगिताको अपराजित टिम हो । उसले नेपाल सहित आयोजक भारत र इरानलाई पराजित गरेको थियो ।
पहिलो खेलमा म्यानमारसँग पराजित भएको नेपालले दोस्रो खेलमा आयोजक भारत र तेस्रो खेलमा इरानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । भारत र ईरानविरुद्वको जितले उत्साहीत नेपाली टिम भारतीय भुमीमा ईतिहास रच्न आफु सक्षम रहेको बताएको छ ।
नेपालले सन् २०१०, २०१२, २०१४ को साफ महिला च्याम्पियनसिप फाइनलमा भारतसँग पराजित भएको थियो । यस्तै सन् २०१० र २०१६ मा साग गेम्समा पनि नेपालको तगारो समेत भारतनै बनेको थियो ।