०३ फागुन २०७५, चितवन/डिल कुमारि नेपाल
प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश ३ को उद्घाटन फागुन ०६ चितवनमा हुने भएको छ ।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रदेश ३ को उद्घाटन खेल कार्यक्रममा आउने जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले जानकारी दिएका छन् ।
सोहि खेल प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता हुन चितवन जिल्ला खेलकुद विकासका कार्यालय प्रमुख रामजि ढकालले भने चितवनमा एथलेक्टिस र उसु खेल मात्र हुने ।
अन्य ईभेन्टका खेलहरुमा प्रदेश नं ३ कै विभिन्न जिल्लामा आयोजना हुने पत्रकार सम्मेलन गरी खेलखेलाईने चितवन जिल्ला खेलकुद विकास समिति चितवनले बताएको छ ।
प्रदेश नं ५ मा हुँने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट खेलका खेलाडीले मात्र सो खेल खेल्न पाउने बताए । प्रतियोगिता अन्तर्गत पुरुष फुटबल नुवाकोटमा, महिला फुटबल सिन्धुपाल्चोकमा, भारोत्तोलन, क्रिकेट, वास्केटबल, टेवलटेनिस, लङ टेनिस काठमाडौंमा नै हुने गरि सहज तरिकाले खेलखेलाउने वातावरण बनाएको अध्यक्ष लामाको भनाई रहेको छ ।